समाचार

    भरतपुरमा साकोस स्थापना दिवसको अवसरमा १०१ जनाले गरे रक्तदान

    नवलपुर टुडे
    २०७९ चैत्र १५ | मध्यान्ह ०४:१२ बजे

      चितवन । भरतपुर २ मा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले स्थापना दिवसको अवसरमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।

      कार्यक्रममा १६ जना महिलासहित ८५ जनाले रक्तदान गरेका हुन् । साकोसका व्यवस्थापक खगेन्द्र घिमिरेका अनुसार २०६८ सालमा स्थापना भएको उक्त साकोसले प्रत्यक वर्ष स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान आयोजना गर्दै आएको हो ।

      यस वर्ष पनि स्थापना दिवसको अवसर पारेर साकोसले रक्तदानलगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि सकोस सञ्चालक समिति, कर्मचारी र उपसमितिमा रहेका सदस्यहरुको लागि दुई दिवसीय कार्ययोजना तर्जुमा कार्यशाला पनि आयोजना गरेको थियो ।

      भरतपुर २ क्षेत्रपुरमा मुख्य कार्यालय रहेको उक्त सकोसले भरतपुर १६ बिजयनगर, भरतपुर १५ फुलवासीमा सेवा केन्द्र सञ्चालनमा छन् ।

        कमेन्टहरु