नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवशको अवसरमा निःशुल्क आँखा शिविर

नवलपुर टुडे
२०७९ चैत्र १५ | बिहान ०९:१२ बजे
नवलपुर, चैत १५ । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवशको अवसरमा क्रियाशिल संचारकर्मीहरूका लागि नवलपुरको मध्यविन्दु आँखा उपचार केन्द्रमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर र रोटरी क्लव कावासोतीको सयुक्त आयोजना एवं मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा चैत १६ गते बिहिबार बिहान ८ बजेदेखि १२ बजेसम्म निःशुल्क आँखा शिविर संचालन गरिने छ ।
मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीमा हुने शिविरमा सञ्चार माध्यममा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरूलाई आँखा जाँच गराउन नेपाल पत्रकार महासंघ नवलपुरले अनुरोध गरेको छ ।
साथै चस्मा आवश्यक पर्ने सञ्चारकर्मीहरुलाई निःशुल्क चस्मासमेत उपलब्ध गराइने जनाएको छ ।





