पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषको आग्रह

नवलपुर टुडे
२०७९ चैत्र १५ | बिहान ०८:१२ बजे

काठमाडौँ, चैत १५ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्लास्टिकजन्य सामग्री लिएर नआउन आग्रह गरेको छ । पशुपति क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो ।
‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ अभियान सुरु गरेको छ ।
कोषले एक सूचना जारी गर्दै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा साथ दिनका लागि पनि आग्रह गरेको छ ।






