मौसम

    गण्डकी प्रदेशसहित तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ चैत्र १५ | बिहान ०६:१२ बजे

      काठमाडौँ, चैत १५ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

      आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

      आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु