राजनीति

    मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ चैत्र १५ | बिहान ०६:१२ बजे

      काठमाडौं, चैत १५ । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । 

      हिजो (मंगलबार) साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विना निस्कर्ष टुंगिएको थियो । 

      बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

        कमेन्टहरु