समाचार

    प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान

    नवलपुर टुडे
    २०७९ चैत्र १३ | मध्यान्ह ०२:१२ बजे

      काठमाडौं, चैत १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् ।

      आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए ।

      गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री उपस्थित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो । पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

      पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा छन् । प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् ।

        कमेन्टहरु