देश

    सिरहाबाट बैकको कर्मचारीले बोकेको रकम लुटपाट गर्ने तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ चैत्र १३ | बिहान ११:१२ बजे

      सिरहा । ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीले बोकेको रकम लुटपाटमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका- १३ का जिवछ बिक, वडा नम्बर १९ सत्य नारायन मण्डल  र कल्याणपुर नगरपालिका वडा नम्बर ८ का श्याम कुमार यादव रहेका छन् । 

      उनीहरुले गत फागुन ११ गते मिर्चैया नगरपालिका- ३ मा ग्लोबलमा काम गर्ने कर्मचारीले मिर्चैयाको ९ लाख रकम लुटपाट गरेर फरार भएका थिए । बैंकको शाखा कार्यालय कल्याणपुरतर्फ लिएर जाने क्रममा उनीहरुले पेस्तोल देखाई रकम खोसेर फरार भएको प्रहरीले जनाएको छ । 

      सिरहा नगरपालिकास्थित हेमनारायण चोकमा भएको उक्त घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । 

        कमेन्टहरु