सतभरामा रहेको श्री समय माता मन्दिरमा दशमीका दिन विशाल भण्डारा हुने, सबैलाई चूलो निम्तो


कपिलवस्तु, चैत्र १२ । कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ । चैत्र १७ गते शुक्रबार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालुलाई चूलो निम्तो रहेको आयोजक समितीले जनाएको छ ।
समयमातापुरम सतभरामा दुर्गा मन्दिर, हनुमान मन्दिर, भैरव मन्दिर, शनि मन्दिर तथा देवी सागर कुण्ड, धर्मशाला, सभाहल समेत रहेको छ । समयमाता मन्दिरको स्थापना ऐतिहासिक मन्दिर मानिन्छ । त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे ।विस्तारै मन्दिरमा श्रद्धालुहरुको भिड हुन थालेपछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हदसम्म पहल गरेका थिए ।
श्रद्धलुहरुको भिडभाड रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिय बासिन्दा पूर्वमन्त्री ईश्वर दयाल मिश्रा (विरेन्द्र मिश्रा) लाई मन्दिर विस्तार गर्न सपना आएको कुरा उनले आफै बताए र स्थानियका अनुसार मिश्र मन्त्री हुँदा समेत सो स्थानको प्रचार प्रसार लगायत त्यस स्थानमा मन्दिर निर्माण देखि लिएर हालसम्म समेत विस्तार गर्दै आएका र उक्त मन्दिरको नाममा १ बिग्घा जग्गा समेत दिलाउन सफल भएको कुरा स्थानियले बताउँदै आएका छन ।
समय माता मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्डलाई व्यवस्थित गरेर आसपासमा रहेको जग्गा जमिन सिन्चित गर्ने विचार रहेको पूर्वमन्त्री मिश्राले बताए । मन्दिर छोटो समयमा भव्य विस्तार भएको र पुजापाठ गर्नेको भिडभाड बढदै र आस्थाको केन्द्रको रुपमा विकसित हुदै गएकोले उक्त क्षेत्रका जनताले खुशी व्यक्त गरेका छन । स्थानीय प्रेम शंकर दूबेले एक कट्ठा जग्गा आफ्नो बुवाको सम्झनामा दान दिने निर्णय गरेको स्थानीयले बताएका छन् । साथै सो स्थानमा बैशाखदेखि संस्कृत शिक्षा संचालन हुने स्थानीयले बताएका छन् ।
महायज्ञमा सबै समावेश हुन तथा यही चैत्र १७ गते शुक्रबार दशमीका दिन भण्डारामा प्रसाद ग्रहण गर्न आउनु हुन सम्पूर्ण श्रद्धालुहरूमा आयोजक समिती तथा वडाध्यक्ष राम रुप बढईले आग्रह गरेका छन् ।





