गीतानगरमा निःशुल्क आँखा शिविर : ५ सय ७५ जनाको आँखा परीक्षण, २६ जनामा मोतियाबिन्दु


चितवन, चैत १२ । नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरको आयोजना तथा भरतपुर आँखा अस्पतालको सहयोगमा गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको । उक्त शिबिरमा ५ सय ७५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
उपशाखाका सह–सचिब एवम् स्थानीय समाजसेवी उपेन्द्र पण्डितका अनुसार शिबिरमा सहभागी मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । यस्तै १७० जनालाई निःशुल्क चस्मा वितरण गरिएको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरुले गाउँमानै शिविर ल्याएर सेवा दिएको भन्दै रेडक्रस र आँखा अस्पतालाई धन्यवाद व्यक्त गरे ।
प्रमुख अतिथि पौडेलले समाजको सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नो मर्मको रुपमा काम गर्ने बताए । कार्यक्रम संयोजक सरोज कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





