कञ्चनपुरको पोल्ट्रीमा आगो लाग्दा लाखौ क्षति

नवलपुर टुडे
२०७९ चैत्र १२ | बिहान ०९:१२ बजे

बुटवल । कञ्चनपुरको एक पोल्ट्री फर्ममा आगो लाग्दा झण्डै सात लाखको क्षति भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगो लागेको थियो।
उनको गाइको गोठमा विद्युत सर्ट भएर आलो लागेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार दिउँसो गोठमा आगो लागेको हो। गोठमा लागेको आगो सोही ठाउँको श्री लटिनाथ पोल्ट्री फर्ममा सल्किएको थियो।
उक्त फर्ममा ६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीयको सहयोगमा आगो निभाइएको थियो।





