राष्ट्रपति पौडेलसंग नेबाएको प्रतिनिधिमण्डल भेटघाट

नवलपुर टुडे
२०७९ चैत्र ११ | मध्यान्ह ०४:१२ बजे

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् ।
नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रकृयामासमेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफू सचेत रहेको प्रष्ट पारे ।
उनले भने, ‘संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।’ भेटमा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।





