समाचार

    मध्यान्न राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक दिपेन्द्र दोङ तामाङको निधन

    नवलपुर टुडे
    २०७९ चैत्र ११ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौँ । मध्यान्न राष्ट्रिय दैनिकाका कार्यकारी सम्पादक दिपेन्द्र दोङ तामाङको निधन भएको छ । तामाङको शनिवार मेडासिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  

      तामाङलाई केही दिन पहिले ब्रेन ह्याम्रेज भएको थियो ।लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए । 

      पछिल्लो समय उनी मध्यान्नह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशकसमेत रहेका थिए ।

        कमेन्टहरु