चोरीको आरोपमा काठमाडौबाट चितवन, रुपन्देही र नुवाकोटका ३ जना पक्राउ


काठमाडौँ । चोरीको आरोपमा प्रहरीले काठमाडौबात ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् ।
काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी रु ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोपमा सुन पसल सञ्चालकसमेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीका छन ।
गौतम र परियारले चोरी गरेको गरगहना बिश्वकर्माले आफ्नो सुन पसलमा किनेर सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारको बयानका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरेका हुन । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागिप्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।





