देश

    बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र १० | मध्यान्ह ०१:१२ बजे

      कञ्चनपुर, चैत १० । बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वास नगरपालिका -१० की ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो ।

      शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो । उनी सोही गाउँकै स्थानीयहरुसँग मेलापातका लागि नेशनल पार्क गएकी थिइन् । मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

      ७ जनाको समुहमा गएकामध्ये अन्य महिलाहरु बाघको आक्रमण पछि भागेर बच्न सफल भएका थिए । अहिले भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सवडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि घटनास्थलमा पुगेका छन् ।

        कमेन्टहरु