रुकुममा अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने युवक पक्राउ

नवलपुर टुडे
२०७९ चैत्र १० | बिहान ०९:१२ बजे

रुकुम, चैत १० । रुकुम पश्चिममा एक जना महिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवा बस्ने ३५ वर्षीय प्रेम बहादुर केसी रहेका छन् ।
उनले रुकुम पश्चिम मुसिकोट नगरपालिका– ९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका–४ ठाराडुङ्गामा कोठामा भाडामा बस्दै आएका ३० वर्षीय कृष्णा ओली खड्काको शरीरमा पेट्रोल छर्केर आलो लगाउने प्रयास गरेका थिए ।प्रहरीका अनुसार उनले १ लिटर पेट्रोल शरीरमा छर्केर पनि लाइटर बाली सल्काउन खोजिरहेका थिए । त्यही बेला स्थानीय छिमेकीले देखि समाउने प्रयास गर्दा केसी भागेका थिए ।
प्रहरीले उनलाई गहुँ बारीमा लुकी रहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।





