२० लाख ६४ हजार मुल्य बराबरको अवैध मालसामान बरामद


नवलपरासी, चैत ९ । पश्चिम नवलपरासी प्रहरीले २० लाख ६४ हजार ३५० रुपैयाँ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीले चैत्र ३ गते देखि ९ गते सम्म एक हप्ताको अवधीमा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी ईकाईहरु ई.प्र.का. बेलाटारी, बर्दघाट, महेशपुर, सेमरी, अमानिगञ्ज, प्रहरी चौकी बासा, गोबरहिया, भुजहवा, गेर्मी, बसहिया, गुठी प्रसौनी, पांचपेडा र रामनगरबाट समेत खटिएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली ल्याएको माछा, गहुँ, कपडा, युरिया मल, चिनी त्रिपाल मोबाइल कभर र टायललगायतका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका उक्त अवैध सामान नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।





