देश

    नवलपुरको देवचुलीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

    नवलपुर टुडे
    २०७९ चैत्र ८ | मध्यान्ह ०८:१२ बजे
    फाइल तस्बिर

      कावासोती । नवलपुरको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका – पृथ्वीनगर बस्ने ५८ बर्षकी दरीमाया थापा रहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

      बुधबार दिउसो साढे १ वजे घर नजिकै रहेको महाराजा सामूदायिक बनमा घाँस काट्न गएकी उनलाई जंगलबाट फर्कने क्रममा गैँडाले आक्रमण गरि गम्भिर घाइते बनाएको थियो । घाईते अबस्थामा उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल लागिएकोमा अपरान्ह साढे ४ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिए ।

        कमेन्टहरु