ताप्लेजुङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

नवलपुर टुडे
२०७९ चैत्र ८ | मध्यान्ह ०७:१२ बजे

ताप्लेजुङ । ताप्लेजुङमा भिरबाट लडेर एक वृद्धको मृत्युभएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका- १ निवासी ६७ वर्षका खड्गप्रसाद लिम्बू रहेको छ ।
वृद्धको खोक्लिङस्थित डाँडागाउँ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मंगलबार साँझ करिब ६ बजेतिर भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट करिब १ सय ५० मिटर तल लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशकुमार कार्कीले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएसमेत कार्कीले बताए ।





