देश

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    नवलपुर टुडे
    २०७९ चैत्र ८ | बिहान ०८:१२ बजे

      काठमाडौं, चैत ८ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

      आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । 

      प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेस गर्ने सम्भासति कार्यसूची रहेको छ । 

      दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

      photo 2023 03 22 08 46 56

       

       

        कमेन्टहरु