समाचार

    गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

    नवलपुर टुडे
    २०७९ चैत्र ७ | मध्यान्ह ०१:१२ बजे

      काठमाडौं, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

      शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए ।२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण गर्न लागिएको यस सडकको लागत ८० करोड रुपैयाँ छ ।

      वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ ।

        कमेन्टहरु