देश

    कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

    नवलपुर टुडे
    २०७९ चैत्र ७ | बिहान ०८:१२ बजे

      धनगढी, चैत ७ । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारामा ट्याक्टर दुर्घटना भएको हो ।

      जिल्लाको बर्दगोरिया गाउँपालिका – ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका – ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

      मृत्यु हुनेमा भजनी – ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ । 

       

        कमेन्टहरु