देश

    कपिलवस्तु बहुमुखी क्याम्पसमा राजेश कुमार अग्रहरी बिजयी (भिडियोसहित)

    नवलपुर टुडे
    २०७९ चैत्र ६ | मध्यान्ह ०७:१२ बजे

      मोहम्मद इरफान मनसुरी
      कपिलवस्तु । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका राजेश कुमार अग्रहरीले बिजयीका छन् । अग्रहरीले ३ सय १५ मत प्राप्त गरी चुनाव जितेका हुन् ।

      त्यसैगरी नेविसंघ नेतृत्वको संयुक्त लोकतान्त्रिक विद्यार्थी गठबन्धनका तर्फबाट नेविसंघका अध्यक्षका उम्मेदवार सन्दीप यादवले २ सय ५७ र बिद्यार्थी जनमत संघका सचिन चौधरीले २ सय ४८ मत ल्याएका छन् ।

      अध्यक्षकै अखिल क्रान्तिकारीकी भिमा कुमारी खत्रीले २८ मत पाईन् । अध्यक्ष बाहेकका अन्य पदमा संयुक्त लोकतान्त्रिक विद्यार्थी गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् । सचिव पदमा गठबन्धनका समाजवादी विद्यार्थी संघका सुनिल कुमार यादवले ३ सय ७ मत ल्याएर चुनाव जित्दा विद्यार्थी जनमत संघका राज अग्रहरीले २ सय ४३ मत ल्याए ।

      त्यसैगरी सचिवमा अखिलका अब्दुल्लाह मुसलमानले २ सय १० र अखिल कान्तिकारीका दिलिप कुमार चाईले ७८ मत पाए । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका कोषाध्यक्ष उम्मेदवार दिलिप कुमार पाण्डेयले ३ सय ७ ल्याएर चुनाव जित्दा विद्यार्थी जनमत संघका बाल्मिकी कुर्मीले २ सय ६१ र अखिलका शिवसागर केसीले २ सय ५७ मत पाए ।

      सदस्यहरुमा गठबन्धनका गंगाराम केवट, बन्दना गिरी, कुमारी शुभम वर्मा, सोनिस पौडेल र संजय पाल गडरियाले चुनाव जितेको निर्वाचन अधिकृत जीवनाथ मरासिनीले जानकारी दिए ।

      यसैबीच निर्वाचनमा समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७२ मत, नेविसंघले २ सय ५७, विद्यार्थी जनमत संघले २ सय ३० र समाजवादी विद्यार्थी संघले ८६ मत पाएका छन् ।

        कमेन्टहरु