बर्दियामा बाघकाे आक्रमणबाट दुई जनाको ज्यान गयो

नवलपुर टुडे
२०७९ चैत्र ६ | मध्यान्ह ०६:१२ बजे

बर्दिया, चैत ६ । बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे छ । जिल्लाको मधुवन नगरपालिका – ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बाघकाे आक्रमणबाट मधुवन – ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बाेहाेराले जानकारी दिए ।
मृतक दुवै जनाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।





