मुख्यमन्त्री कार्की सवार गाडीमा आन्दोलनकारीद्वारा ढुंगामुढा प्रहार

नवलपुर टुडे
२०७९ चैत्र ६ | मध्यान्ह ०४:१२ बजे

काठमाडौ, चैत ६ । ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत पहिचानपक्षधरले मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि आक्रमण गरेका छन् ।
ओखलढुंगामा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आन्दोलनकारीले मुख्यमन्त्री कार्की विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर गाडीमा ढुंगामुढा गर्नुका साथै गाडीबाट झण्डा निकाल्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदेश १ को नाम कोशी राखेपछि पहिचानपक्षधर विभिन्न समूहहरु आन्दोलमा उत्रिएका छन् । उनीहरुले आइतबार विराटनगरमा पनि गरेका थिए ।





