देश

    रुपन्देहीको देवदह आदर्श बहुमुखीमा अनेरास्ववियुको प्यानलै निर्वाचित

    नवलपुर टुडे
    २०७९ चैत्र ६ | बिहान ०८:१२ बजे

      बुटवल । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्षमा अर्जुन गैरे २९१ मत ल्याएर विजयी भएका छन् । उनको  नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

      नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको गठबन्धनबाट नेविसंघका माधव भट्टराईले १७६ र अखिल क्रान्तिकारीका धनीकुमारी पन्थीले ५५ मत पाएकी छन् ।

      सचिवमा अनेरास्ववियुका गौरव ज्ञवालीले २७८ मत पाएर विजयी हुँदा नेविसंघकी सविता अधिकारीले १३७ र अखिल क्रान्तिकारकिा रविन न्यौपानेले ८२ मत पाएका छन् ।

      यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शोभराज जैसी २५९ मत पाएर विजयी हुँदा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका शिशिर भट्टराईले ११९ मत र अखिल क्रान्तिकारीका दिपेश सापकोटाले ७९ मत पाएका छन् ।

      सदस्यहरुमा अनेरास्ववियुकै रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरी विजयी भएका छन् ।

        कमेन्टहरु