रजहरस्थित देवचुली कलेजमा अखिल (क्रान्तिकारी) की बाँछे मगर विजयी

नवलपुर टुडे
२०७९ चैत्र ६ | बिहान ०८:१२ बजे

कावासोती । पूर्वी नवलपरासीमा रजहरस्थित देवचुली कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी) की बेलीकुमारी बाँचे मगर विजयी भएकी छन् ।
अन्य पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । सो कलेजमा कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल ( क्रान्तिकारी) बीच तालमेल भएको थियो । नवलपुरको ६ वटा क्याम्पसमा आइतबार निर्वाचन सम्पन्न भएको छ ।
नवलपुरमा ३ वटामा नेविसंघको प्यानल, एउटामा एमाले निकट अखिल, नेकपा समाजवादी निकट अखिल एउटामा र माओवादी निकट अखिल (क्रान्तिकारी) एउटा क्याम्पसमा विजयी भएका छन् ।





