देश

    कपिलवस्तु बहुमुखी क्याम्पसमा ८८४ मत खस्यो

    नवलपुर टुडे
    २०७९ चैत्र ५ | मध्यान्ह ०७:१२ बजे

      मोहम्मद इरफान मनसुरी
      कपिलवस्तु । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान सम्पन्न भएको छ ।

      मतदान बिहान ८ बजेदेखि सुरू भएको हो । मतदान दिउँसो ४ बजेसम्म भएको थियो । त्यस्तै कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा ९८६ मत मध्ये ८८४ मत खसेको क्याम्पस निर्वाचन कार्यालय जनाएको छ । विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले निर्वाचन हुने क्याम्पस आसपासका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुरू गरिएको थियो ।

      त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन भएको हो ।

      निर्वाचनमा मूख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका भातृसंगठन संयुक्त उम्मेदवार संदीप यादव र नेकपा (एमाले) विद्यार्थी संगठनका राजेश कुमार अग्रहरी बीच हुनेछ ।

      साथै मतगणना सुरु गर्नको लागि साझ ७ बजे सर्वदलीय बैठक राखेको निर्वाचन कार्यालयले जनाएको छ ।

        कमेन्टहरु