समाचार

    तस्बिर खिच्ने क्रममा भिरबाट लडेर किशोरीको ज्यान गयाे

    नवलपुर टुडे
    २०७९ चैत्र ५ | मध्यान्ह ०६:१२ बजे

      पर्वत, चैत ५ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भिरबाट लडेर बाग्लुङकी एक किशोरीको ज्यान गएकाे छ । बाग्लुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलकाे छेउबाट भिरमा खसेकी बाग्लुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको ज्यान गएकाे हो । 

      लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवाबारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भिरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भिरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताउनुभयो ।

      न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याउँदै गर्दा उनको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

        कमेन्टहरु