देश

    जनसेवा क्याम्पस बर्दियामा अनेरास्ववियुको प्यानल विजयी

    नवलपुर टुडे
    २०७९ चैत्र ५ | मध्यान्ह ०६:१२ बजे

      बर्दिया, चैत्र ५ । बर्दियाको बारबर्दिया नगरपालिका– १० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जितेको छ ।

      एमाले निकट अनेरास्ववियुका उम्मेदवार लक्ष्मीप्रसाद न्यौपानेको नेतृत्वमा प्यानल नै विजयी भएको हो ।

      निर्वाचित न्यौपानेले ७३ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्यासी गठबन्धनका उम्मेदवार पूर्णसमित छिनालले ४७ मत प्राप्त गरे । निर्वाचनमा एक सय २६ मत खसेको क्याम्पस प्रशासनले जनाएको छ । जिल्लाका १० क्याम्पसमध्ये अन्य क्याम्पसमा मतगणना जारी छ ।

        कमेन्टहरु