सुदुरपश्चिम प्रदेश

    बाजुरामा हवाई फायर, दुईजना प्रहरी घाइते

    नवलपुर टुडे
    २०७९ चैत्र ५ | मध्यान्ह ०५:१२ बजे

      बाजुरा, चैत्र ५ । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

      बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले बताए ।

      प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।

        कमेन्टहरु