सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख १० हजार पुग्यो

नवलपुर टुडे
२०७९ चैत्र ५ | बिहान ११:१२ बजे

काठमाण्डाै, चैत ५ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।
यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कायम भएको छ । सुनचाँदीको भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको महासङ्घले जनाएको छ ।





