रामग्राममा घरसाहुको ज्यादती बढदै, कतिले ज्यान गुमाए कति पलायन भए


रामजि प्रजापति
परासी । पश्चिम नवलपरासीको रामग्राममा घर साहुको ज्यादती बढ्दै जादा अहिले व्यापारी व्यावसाय छोडेर पलायन हुन थालेका छन भने कतिले हिम्मत हारेर मृत्युु रोज्नसमेत बाध्य भएका छन ।
रामग्रामको भित्री मात्रै होइन मुख्य बजारमा पनि अहिले यही अवस्था छ । व्यावसायिक सटर भाडाका लागि तँछाडमछाड गर्ने मुख्य बजारका सटर अहिले खाली भएको व्यानर जताततै देख्न सकिन्छ । व्यस्त तथा मुख्य बजारका सटरहरु भाडाका लागि मरिहत्ते गर्ने व्यवसायीहरु अहिले भने खाली गरेर पलायन भइरहेका छन् । आर्थिक संकट, व्यवसाय न्यून र घरधनीको ज्यादतीले व्यवसायिक सटरहरु खाली हुँदै गइरहेका छन् ।
परासीको मुख्य बजारहरुमा ‘सटर खाली’, ‘घर भाडामा’ लगायतसहितका पोष्टर तथा बोर्डहरु देखिने क्रम बढेको छ । आवासीयभन्दा पनि व्यावसायिक प्रयोजनमा प्रयोग भएका भवनहरु पछिल्लो समय खाली हुने क्रम बढ्दो छ । भाडाकै लागि तँछाडमछाड गर्ने व्यवसयाीहरु नै अहिले सटर खाली गर्दै गइरहेका छन् ।
ठूला व्यवसायीहरु जेनतेन गरी व्यवसाय सुचारु गरे पनि बाहिरबाट आएका व्यवसायी र सोही व्यवसायबाट जीविकोपार्जन गर्नेहरु पनि बिक्री न्यून हुदा भाडासमेत तिर्न सक्ने अवस्था नरहेपछि पसल नै बन्द गर्ने गरेका छन् । गुजाराका लागि स–सानो व्यापार गर्नेहरु पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको गुनासो आउने धेरैले सुन्दै आईरहे तापनि घर साहुहरु सुधार तर्फ जानेछैनन भनेर परासीका एक व्यापारीले बताएका छन ।
गाँउबाट सहर बजारतर्फ केही गर्न भनेर आएका युवा जगत पनि गाउँ फर्किने लर्को छ । कोभिडले देश फर्केका नेपालीहरु पनि यही केही गरौ भनेर उद्योग व्यवसायमा लागेकाहरु पनि विस्तारै विदेशीने गरेकाले सटर तथा कोठा/फ्ल्याटहरु खाली हुँदै गइरहेका छन् ।
स्थानीय सरकारले लगाएको घरबहाल कर, घर भाडामा घरधनीको ज्यादती र अचाक्ली भाडा दरले पनि व्यवसायीहरु तनावमा सटरहरु छोड्दै गइरहेका छन् । एकतर्फ वित्तीय संस्थाहरुले मानसिक तनाव दिएका छन् भने घरधनीहरुले पनि मनपरी ढंगले भाडा दर कायम गर्दा भएको व्यवसायीहरु पनि उठ्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नियमन गर्ने निकाय पनि अनुगमन नगरेर मौन बस्दा व्यवसायीहरु संकटमा पर्दै गएका छन् । आर्थिक संकटको समयमा भाडामा सहुलियत दिनुको साटो विभिन्न शिर्षक र कारण देखाई भाडामा लुटतन्त्र भइरहेको उनले गुनासोे गरेता पनि उद्योग बाणिज्य संघले केही प्रकृया अगाडि नबढायपछि आफू माथि बितेका कुराहरु नवलपुर टुडेका पत्रकार संग भनेका हुन ।
आफ्नो सम्पतिको भाडा दर आफुले तोक्नु पर्ने अधिकार हुँदाहुँदै स्थानीय सरकारको कार्यविधीले व्यवसायीहरुलाई समस्या पर्दै गएको छ । ‘मेरो सटरको भाडा दर मैले तोक्ने हो, भाडामा गएपछि बहाल कर बुझाउनु पर्नेमा नगरपालिकाको दररेटअनुसार बहाल कर बुझाउनु परेको छ । १० रुपैयाको करोबार गरे ५० रुपैयाँको कर लिइरहेको छ । यो सरासर गलत हो,’ व्यापारीहरुको गुनासो रहेको छ ।
नगरपालिकाले निर्धारण गरेको दररेटमा घटाउनुपर्ने प्रस्ताव अहिलेको नगरसभामा राजश्व परामर्श समितिले लगे पनि पास नभएको र लागू नभएको हरेक व्यापारीलाई थाहा छ । विगतको वर्षमा लिदै आएको घरबहाल कर भने यो आर्थिक वर्षबाट केही शिर्षकमा घटेको छ । मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको व्यवसायीहरु बताउँछन् ।
भारतिय सिमा क्षेत्रको बजारले पनि नवलपरासीको व्यवसायीलाई असर गरेको छ । घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जानु पर्ने बाध्यता छ भने मान्छेसँग आर्थिक आयआर्जनको स्रोतमा कमी, अनियन्त्रित वृद्धि र महंगीले पनि व्यवसायी पलायन हुन थालेको व्यवसायीहरु बताउँछन् ।





