नवलपुरको दाउन्ने चेकपोष्टबाट लागूऔषधसहित दुई युवक पक्राउ

नवलपुर टुडे
२०७९ चैत्र ४ | मध्यान्ह १२:१२ बजे

नवलपुर, चैत ४ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – २ दाउन्ने चेकपोष्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख २२७ नम्बरको बस रोकी चेकजांच गर्ने क्रममा चितवनको कालिका नगरपालिका – ७ पदमपुर बस्ने बर्ष २५ को कमल चौधरी र वर्ष २३ को गोपी चौधरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट फेनारागान-१२३ एम्पुल, नोर्फिन-१२३ एम्पुल, डाईजापम-१२३ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक बिकास अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





