मुख्य समाचार

    राष्ट्रपतिद्वारा चियापान समारोहको आयोजना, देशैभरका सांसदलाई निम्तो

    नवलपुर टुडे
    २०७९ चैत्र ४ | बिहान ०७:१२ बजे

      काठमाडौँ, चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।

      उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागि शीतल निवासमा आमन्त्रण का हुन् । उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन्  । 

      चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए ।

      राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन् ।

        कमेन्टहरु