उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नवलपुर टुडे
२०७९ चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं, चैत ३ । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा कुल ३० हजार ३२८ मतका साथ यादव निर्वाचित भएका हुन् । उनले संघीय सांसद तर्फ- १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएको निर्वाचन आयोगले जनाएको छ ।
यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरेका हुन् । शाक्यले १६३२८ मत पाउँदा झाले २५३७ मत पाएका थिए ।





