उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

नवलपुर टुडे
२०७९ चैत्र ३ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ, चैत ३ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मतगणना सुरु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो ।





