समाचार

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    नवलपुर टुडे
    २०७९ चैत्र २ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

      भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई बिहीबार घटेको नयाँ मूल्यसूची पठाएको हो । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ ।

      हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ बिक्री भइरहेको छ ।

        कमेन्टहरु