उपराष्ट्रपति नन्दबहादुर पुनले छाडे सरकारी निवास

नवलपुर टुडे
२०७९ चैत्र २ | मध्यान्ह ०२:१२ बजे

काठमाडौँ, चैत्र २ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छाडेका छन् । बिहीबार पुन उपराष्ट्रपति भवन हरितगृहबाट नीजि निवास चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकमा सरेका हुन् ।
चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । शुक्रबार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए ।
नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।





