समाचार

    आगलागी हुँदा एक महोत्तरीमा जनाको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०७९ चैत्र १ | मध्यान्ह ०८:१२ बजे

      महोत्तरी । महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय चन्दनदेवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

      स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उदार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

      घाइतेमध्ये चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको हो भने जयकरण यादवलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ । रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको  आगलागीबाट उनको झण्डै ८० हजार बरावरको क्षति समेत भएको छ । यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु