देश

    उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

    नवलपुर टुडे
    २०७९ चैत्र १ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत १ । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

      राप्रपाले गत फागुन २५ मा पनि राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन् ।

      साथै राप्रपाले मलमा सरकारले अनुदान रकम घटाएकोमा विरोध गरेको छ । राप्रपाले बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक साताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ ।’

      यस्तै बैंक तथा वित्तीय संस्थाहरूले उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रूपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपाले सरकारसँग माग गरेको छ ।

      photo 2023 03 15 17 36 08

        कमेन्टहरु