देश

    कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा एमालेको उजुरी

    नवलपुर टुडे
    २०७९ चैत्र १ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत्र १ । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

      उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो । कांग्रेसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई कमजोर बनाएको भन्दै आयोगमा उजुरीसमेत दर्ता गराइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

      “नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ” बर्तौलाले भने “आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौ । यस बारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेका छौं ।”

       

        कमेन्टहरु