देश

    पाल्पा बराङ्दीमा ग्यास सिलिन्डर पड्किँदा एक घाइते

    नवलपुर टुडे
    २०७९ चैत्र १ | बिहान १०:१२ बजे

      बुटवल । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्।

      बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्।

      घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।

        कमेन्टहरु