रोल्पाको मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदको पहल


कपिलवस्तु, फागुन ३० । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले रोल्पा जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् । रोल्पाको स्मृति गाउँपालिका वडा नं ४ मा रहेको मदरसा मोहम्मदियाको अनुगमन गरिएको हो ।
टोलीले मदरसा मोहम्मदियका शिक्षक हफीज मोहम्मद, आयूब तथा मदरसा मोहम्मदियका अध्यक्ष सलमान अहमद रंगरेज लगायत अब्दुल हन्नान रंगरेज, जाबेद खान लगायतसँग भेटघाट गरि मदरसाको अवस्थाबारे जानकारी लिएका थिए ।
सोही गाउँपालिकाको वडा नं ३ मा रहेको मदरसा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा मदरसामा पढाउने शिक्षक हजरत हाफिज कारी, मोहम्मद नसरूद्दीन अहमद सो मदरसाका अध्यक्ष जलालुद्दीन वसीम लगायत अभिरदीन, सरफुद्दीन बिलाल, समिम कलाउद्दीनसँग मदरसाको अवस्था बारे जानकारी लिएको जनाइएको छ ।
मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको पाइएको उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी दिए ।
मशहूद सहितको टोलीले दुई वटा मदरसाहरू दर्ता नरहेको पाएपछि स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश अधिकारी, शिक्षा अधिकृत यादव केसी लगायतसँग वृहत छलफल गरि सो मदरसालाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता नहुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधाबाटसमेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको उपाध्यक्ष मशहूद खांले जानकारी दिए ।
रोल्पाको मदरसा अनुगमनमा उपाध्यक्ष खांसँगै मोहम्मद स्सहाक, अलताब अहमद खां, जाहिद हुसेन, अब्दुल समद खां नेपाली लगायतका व्यक्तिहरू सहभागी रहेको जानकारी उपाध्यक्षले दिए । मदरसा दर्ता गराउन मागसहित लगभग ७० जनाले उपाध्यक्ष मशहूद सहितको अगुवाईमा गाउँपालिकामा डेलिगेशन लिएर गएको जानकारी गराइएको छ ।





