डोटी जिप दुर्घटनाः एक महिलाको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन ३० | मध्यान्ह ०६:११ बजे

डोटी । डोटी जिल्लामा मङ्गलवार जिप दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर मङ्गलवार दुर्घटना भएको थियो।
गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीया धौलीदेवी बिष्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो।
तर,घाइते धौलीदेवी बिष्टको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का विष्णु बोहराको भने उपचार भइरहेको प्रहरीले बताएको छ।





