देश

    काठमाडौमा लघुवित्त र मिटर ब्याजपीडितले गरे प्रदर्शन

    नवलपुर टुडे
    २०७९ फाल्गुन ३० | मध्यान्ह ०६:११ बजे

      काठमाडौं । लघुवित्त र मिटरब्याजपीडितले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। 

      विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। 

      उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाह गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्। 

        कमेन्टहरु