नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

असिम कामु
२०७९ फाल्गुन २९ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन २९ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन् ।
रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजीत गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेलले ३३ हजार ८०२ मतभार ल्याउदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिएको थियो । राष्ट्रपतिका रूपमा दुई कार्यकाल सम्हालेकी भण्डारीले आज शीतल निवास छाड्दै छिन् ।





