समाचार

    ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर बालेनसहितको टोली आज लन्डन जाँदै

    नवलपुर टुडे
    २०७९ फाल्गुन २९ | बिहान १०:११ बजे

      काठमाडौँ, फागुन २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैछन् ।

      फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

      टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

        कमेन्टहरु