देश

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

    नवलपुर टुडे
    २०७९ फाल्गुन २८ | मध्यान्ह ०४:११ बजे

      काठमाडौं, फागुन २८ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले (आज) आइतबार कांग्रेस परित्याग गरेका हुन् ।

      उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

      उनले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

        कमेन्टहरु