देश

    कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन २८ | मध्यान्ह १२:११ बजे

      जुम्ला, फागुन २८ । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । 

      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

      कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भने । रासस

        कमेन्टहरु