पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | मध्यान्ह १२:११ बजे

पाल्पा, फागुन २८ । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका – ६ चिल्लेपानीस्थित झडेवा रहबास भित्री कच्ची सडकमा आज बिहान पौने ७ बजे लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक रुपन्देही तिलोत्तमा नगरपालिका – ११ गणेशपुरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिपरमा सवार माथागढी – ७ का ५० वर्षीय हुमबहादुर परियार घाइते भएका छन् ।
टिपर सडकदेखि करिब ४० मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।





